ऋण लिन चाहने संस्थामा हुनु पर्ने योग्यता
१. लघुवित्त वा ऋण कार्यक्रम संचालन गर्ने संस्थाहरुको लागि
क) विधिपूर्वक दर्ता भई लघुवित्त वा ऋण कार्यक्रम संचालन गर्ने दर्ता प्रमाणपत्र प्राप्त गरेको ।
ख) सफलतापूर्वक कम्तिमा १ वर्ष सम्म लघु ऋण सेवा तथा वचत परिचालन कार्य गरेको अनुभव भएको ।
ग) पहिलो वर्ष वचत रकम कूल लगानीमा रहिरहेको रकमको कम्तिमा २५% रहेको ।
घ) संचित असूली दर कम्तिमा ९० प्रतिशत रहेको ।
ङ) कुशल तथा सक्षम व्यवस्थापन भएको ।
च) लघुवित्त वा ऋण सम्वन्धी कारोवारको उपयुक्त सूचना प्रणाली भएको ।
छ) ब्यवसायिक योजना वा वार्षिक वजेट तर्जुमा गर्ने गरेको ।
ज) ऋण लगानी असूली सम्बन्धी लिखित कार्यविधि वा म्यानुअल भएको ।
झ) आधुनिक लेखा प्रणाली अवलम्वन गरेको ।
ञ) ऋण कार्यक्रमको अनुगमन र मूल्यांकन सम्वन्धी निश्चित आधार तथा परिपाटीको व्यवस्था भएको ।
ट) कम्तिमा ५० जना सक्रिय ऋणी भएको ।
�) सेण्टरले प्रदान गरेको ऋण रकमबाट लगानी भएको ऋणी मध्ये कम्तिमा २५ % ऋणी महिला हुनु पर्नेछ ।
ड) कम्तिमा रु.१५ लाख वित्तीय साधन सुलभ भएको ।
ढ) ३ वर्षको वित्तीय अवस्था हेर्दा वित्तीय आत्म निर्भरता तर्फ उन्मुख भएको ।
ण) कम्तिमा रु.५ लाख खुद पूजी (Networth) भएको ।
त) समयमा लेखापरीक्षण भएको ।
थ) प्रतिवद्ध र क्रियाशील संचालक समिति र व्यवस्थापन टोली भएको ।
२. लघुउद्यम व्यवसाय ऋण प्रदान गर्र्नेे संस्थाहरुको लागि
क) विधिपूर्वक दर्ता भई वित्तीय कारोवार गर्न प्रमाणपत्र प्राप्त गरेको ।
ख) कम्तिमा १ वर्ष सम्म ऋण सेवा तथा वचत परिचालन कार्य गरेको अनुभव भएको ।
ग) संचित असूली दर कम्तिमा ९० प्रतिशत रहेको ।
घ) कुशल तथा सक्षम व्यवस्थापन भएको
ङ) कारोवारको उपयुक्त सूचना प्रणाली भएको ।
च) उपयुक्त ब्यवसायिक योजना वा वार्षिक वजेट तर्जुमा गर्ने गरेको ।
छ) ऋण लगानी असूली सम्बन्धी लिखित कार्यविधि वा म्यानुअल भएको ।
ज) आधुनिक लेखा प्रणाली अवलम्वन गरेको ।
झ) ऋण कार्यक्रमको अनुगमन र मूल्यांकन सम्वन्धी निश्चित आधार तथा परिपाटीको व्यवस्था भएको ।
ञ) कम्तिमा ५० सक्रिय ऋणी भएको ।
ट) कम्तिमा रु.१५ लाख वित्तीय साधन सुलभ भएको ।
�) विगतको वित्तीय अवस्था हेर्दा वित्तीय आत्म निर्भरता तर्फ उन्मुख भएको ।
ड) कम्तिमा रु.५ लाख खुद पूजी (Networth) भएको ।
ढ) समयमा लेखापरीक्षण भएको ।
ण) प्रतिवद्ध र क्रियाशील संचालक समिति र व्यवस्थापन टोली भएको ।